Home मुख्य समाचार गाइजात्राको अवसरमा मंगलबार सार्वजनिक विदा

गाइजात्राको अवसरमा मंगलबार सार्वजनिक विदा

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सुचना

हेटौँडाः बागमती प्रदेश सरकारले गाइजात्राको अवसरमा मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सुचना जारी गर्दै नेवार समुदायले ऐतिहासिक तथा धार्मिक रुपमा मनाउने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

शुक्रबार बसेको बैठकले भदौ ४ गते (मंगलबार) गाईजात्राको अवसरमा प्रदेश भर सार्वजनिक विदा दिने निर्णय गरेको थियो । प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार सार्वजनिक विदा दिने निर्णय गरेको हो । ऐन अनुसार गाईजात्रा पर्वमा हरेक वर्ष विदा दिने निर्णय गरेको छ । उक्त निर्णयसंगै बागमती प्रदेशमा भदौ ४ गते गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहनेछन् ।

Exit mobile version