Home खेलकुद हेटौँडा फुटबल एकेडेमीलाई भारतमा उपाधि

हेटौँडा फुटबल एकेडेमीलाई भारतमा उपाधि

हेटौँडाः छिमेकी मुलुक भारतको सिक्किम राज्यमा भएको ७८ औं इन्डिपेन्डेन्ट डे फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको हेटौँडा फुटबल एकेडेमीले जितेको छ ।

बिहिबार सिक्किमस्थित मुनसुङ खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा घरेलु टोली वेष्ट बंगालको बरमेक क्लबलाई २–१ गोलअन्तरले हराउँदै हेटौँडा फुटबल एकेडेमीले उपाधि जितेको हो ।

उपाधिसँगै हेटौँडा फुटबल एकेडेमीले भारतीय एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बरमेक क्लबले भारतीय ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । एकेडेमीको जीतमा छिरिङ तामाङ र ऋतिक श्रेष्ठले समान एक–एक गोल गरे ।

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा भारतको मामरिङ सिक्किम क्लबलाई २–१ गोलले हराउँदै हेटौँडा फुटबल एकेडेमीले फाइनल यात्रा तय गरेको थियो । अगष्ट १ गेतबाट सुरु भएको प्रतियोगितामा १९ वटा टिमको सहभागिता रहेको थियो । गत वर्ष हेटौँडा फुटबल एकेडेमी उपविजेता बनेको थियो ।

उपाधिसाथ हेटौँडा फुटबल एकेडेमीको टिम ।

Exit mobile version