Home मुख्य समाचार नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छः मन्त्री थापा

नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु पर्छः मन्त्री थापा

कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा

हेटौँडाः बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु जरुरी रहेको बताउनुभएको छ । उहाँले नागरिकले अपनत्व ग्रहण गर्नेगरी नीति कार्यक्रम र योजना निर्धारण गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो ।

सेभ द चिल्ड्रेनको ग्लोबल फण्ड अनुदान मार्फत् निर्माण गरिएको स्वास्थ्य सामग्री भण्डारण भवन हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री थापाले नागरिकहरुको गुनासो सम्बोधन गर्दै विकट क्षेत्रमा सरकारका सेवा सुविधा र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । नागरिकको आवश्यकताका आधारमा तीन तहको सरकारसँगको समन्वयमा स्वास्थ्य उपचार सेवालाई गुणस्तरीय बनाउनु गम्भीर हुनुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।

उहाँका अनुसार विगतमा केही कमिकमजोरी र त्रुटिका कारण नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्ने तथा सामान्य औषधी उपचारबाट पनि टाढा रहनु परेको थियो । सो विषयलाई सम्बोधन गरेर पीछडिएका वर्गलाई समेत स्वास्थ्य सेवाको मुलधारमा ल्याउन भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । प्रदेश सरकारसँग पर्याप्त भौतिक संरचना नहुँदा औषधी तथा भ्याक्सिनजन्य सामग्रीहरुको भण्डारणमा समेत समस्या हुँदै आएको उहाँले औँल्याउनुभयो । नयाँ भवन प्राप्त भएसँगै भण्डारणका कारण औषधीजन्य पदार्थको गुणस्तर कायम गर्न तथा व्यवस्थापनमा समस्या भोग्नु परेको अवस्था अन्त्य भएको उहाँले बताउनुभयो ।

‘प्रदेशस्तरको स्वास्थ्य प्रणाली सुदृढ गर्न सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको महत्वपूर्ण भूमिका रहेको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नवनिर्मित भवन विविध प्रकारका औषधि तथा चिकित्सा क्षेत्रको सामग्रीहरु उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुनेछ । विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधारणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने सो भवन प्रभावकारी हुनेछ ।’ उहाँले भन्नुभयो ।

सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका नवनिर्मित भवन उपयोगी हुने बताउनुभयो । सरकारको विकेन्द्रीकृत र पहुँचयोग्य स्वास्थ्य प्रणालीको अवधारणा अनुरुप सो भवन निर्माण गरिएको उहाँको भनाई छ । उहाँले आवश्यक औषधिहरुको आपूर्ति र मागको व्यवस्थापनमा भवनले सहयोग पु¥याउने बताउनुभयो । क्षयरोग, औलो, एचआईभी सम्बन्धी स्वास्थ्य सेवाहरु र औषधिहरु प्रभावित नागरिकको पहुँचमा पु¥याउन तथा अस्पताल र फार्मेसीहरुबीचको समन्वयलाई सुधारमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Exit mobile version