हेटौंडाः नेवाःगुठी खल हेटौंडाको अध्यक्षमा विकेशलाल श्रेष्ठ चयन हुनुभएको छ । हेटौंडामा भएको नगर कमिटीको भेलाबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
शनिबार श्रेष्ठको अध्यक्षमा १५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । कमिटीको उपाध्यक्षमा शिवनारायण श्रेष्ठ, सचिवमा शिवकुमार श्रेष्ठ, कोषाध्यक्षमा सुरक्षा राजथला र सहसचिवमा बिक्की खड्गे चयन भएका छन् ।
सदस्यहरुमा क्रमशः इशा मानन्धर, विपिन ताम्राकार, निराजन श्रेष्ठ, सागर श्रेष्ठ, राज खड्गी, उज्ज्वलराज शाक्य, यदुना बज्राचार्य, अपिल खड्गे, अमित श्रेष्ठ, रजत शाही र सुनकेशरी श्रेष्ठ चयन भएका छन् । गतवर्ष नै गठन भएको समितिको संयोजक रहनुभएका श्रेष्ठको सभाध्यक्ष तथा प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यमा नगर कमिटी गठन भएको हो । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल २ वर्षको रहनेछ ।