Home मुख्य समाचार देशलाई द्वन्दमा फसाउने काम भइरहेको छः मुख्यमन्त्री जम्कट्टेल

देशलाई द्वन्दमा फसाउने काम भइरहेको छः मुख्यमन्त्री जम्कट्टेल

मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देशलाई द्वन्दमा फसाउने काम भइरहेको टिप्पणी गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले संविधान संशोधनको नाममा २ ठुला दलले देशलाई इतिहासमा फर्काउने काममा अग्रसर भएको बताउनुभएको हो ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्नो धारणा राख्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले दुई ठुला दलले अदृश्य सहमती गरेर समावेशी सहभागिता हटाउने प्रयत्न भएको बताउनुभयो । राजनीतिक स्थिरताको नाम संविधान संशोधन गरेर उत्पीडित वर्गको अधिकार माथि हस्तक्षेप गर्न नयाँ समिकरणका दलहरु अघि बढेको उहाँको भनाई छ ।

दुई ठुला दलले अदृश्य रुपमा राजनीतिकसहमती छोपेर राखिएको उहाँले बताए । दलले गर्ने राजनीतिक सहमती गोप्य नहुने र जनतालाई ढाट्न दलहरुले राजीतिक सहमती गरेको उनले स्पष्ट पारे । मुख्यमन्त्री जम्कट्टेलले बहुमत हुँदैमा सरकार निरन्तर नजाने बताउनुभयो । ‘संविधान संशोधन गरे समानुपातिक निर्वाचन प्रणाली हटाउने प्रयत्न भएको छ । निर्वाचन प्रणाली परिवर्तन गरेर समावेशीता हटाउने काममा दुई ठुला दलहरु लागेका छन् । निर्वाचन प्रणाली फेर्ने नै भए पूर्ण समानुपातिक प्रणालीमा अघि बढ्नु पर्छ । यसले नेपाललाई अग्रगामी रुपमा स्थायीत्व दिन सक्छ । संशोधन नै गरेर कार्यकारी भुमिकामा जान तयार हुनुपर्छ ।’ उहाँले भन्नुभयो ।

देशले राष्ट्रिय सभामा समावशीता नखोजेको उहाँको भनाई छ । उहाँका अनुसार देशले कार्यकारी भुमिकामा समावेशीता खोजेर निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने हुन्छ । मुख्यमन्त्री जम्कट्टेलले राष्ट्रिय सहमती संसद भित्रको अंक गणित नभएको बताउनुभयो । संसद भित्र र बाहीर रहेका सरोकारवालाको सहमती नै राष्ट्रिय सहमती भएको उहाँको भनाई छ । प्रदेशलाई अधिकार आउँछ भन्नेमा विश्वस्त नरहेको उहाँको भनाई छ । अहिलेको समिकरणले प्रदेशलाई अधिकार दिने र संघीयता बलियो नबनाउने उहाँले बताउनुभयो ।

Exit mobile version