Home मुख्य समाचार मुख्यमन्त्री जम्कट्टेलद्वारा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा

मुख्यमन्त्री जम्कट्टेलद्वारा नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा

मुख्यमन्त्री शालिकराम जम्कट्टेल

हेटौंडाः मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ समिकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो । नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद बैठक माग गरेर आफ्ना धारणा राखेको बताउनुभयो ।

उहाँले सत्ता समिकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्र सशक्त रचनात्मक प्रतिपक्षको भुमिकामा रहने छ । माओवादी परिपक्क र संस्कारयुक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उहाँको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले राजिनामाको घोषणा गरेसंगै प्रदेशसभाको सम्पूर्ण कार्यसूचि हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजिनामा बुझाउने जनाइएको छ ।

Exit mobile version