Home मुख्य समाचार ३३ जनाले गरे रक्तदान

३३ जनाले गरे रक्तदान

रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः नेकपा एमाले मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । आइतबार बिहान नेकपा एमाले मकवानपुरको कार्यालय परिसरमा भएको कार्यक्रम ४ जना महिला र २९ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ७६ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको थियो ।

Exit mobile version