बालकुमारी स्मृति तथा सम्मान कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा–१७, राजदेवीमा चौथो बालकुमारी थापा स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार बालकुमारी थापाको चौथो स्मृति दिवसको अवसर पारेर नेकपा एमाले स्थायी कमिटीका २ जना सदस्यलाई सम्मानसहित कार्यक्रम सम्पन्न भएको स्मृतिका सचिव सुमित्रा काफ्लेले जानकारी दिनुभयो ।

स्मृतिले अग्रज महिला तारा लामा र सीता लामिछानेलाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । लामा र लामिछानेले लामो समयदेखि सामाजिक रुपान्तरण, राजनीतिक परिवर्तन र महिला सशक्तिकरणको क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको थियो ।

कार्यक्रम पार्टी स्थायी कमिटी सदस्य एवम् पूर्वप्रदेश प्रमुख सीता पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विभिन्न तहको प्रमुख, उपप्रमुख एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।