Home मुख्य समाचार राक्सिराङले विद्यालयहरुमा दियो वर्षे विदा

राक्सिराङले विद्यालयहरुमा दियो वर्षे विदा

राक्सिराङले जारी गरेको सुचना

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाले आइतबारदेखि विद्यालयहरुमा वर्षे विदा दिने भएको छ । शुक्रबार एक सुचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले असार ३० गतेदेखि भदौ १ गतेसम्म पालिकाभित्रका विद्यालयहरुमा वर्षे विदा दिएको जानकारी गराउनुभयो ।

अहिले नियमित वर्षाका कारण बाढी, पहिरो तथा खोलाको कारण धेरै जसो विद्यालयमा विद्यार्थीहरु विद्यालयसम्म पुग्न जोखिम भएको अवस्थालाई मध्यनजर गरेर विदा दिएको प्रमुख प्रशासकीय अधिकृत गर्तौताले बताउनुभयो । भौगोलिक विकटताका कारण वर्षा हुँदा विद्यार्थी र शिक्षकहरुलाई समेत विद्यालय आवजजावत गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । केही हप्ताअघिको अविरल वर्षाले गर्दा गाउँपालिकाको शैक्षिक सत्र २०८१ को पात्रो बमोजिम हुने प्रथम क्रैमासिक परिक्षा गराउन पनि नसकिरहेको बताउनुहुँदै उहाँले उक्त परिक्षा भदौ महिनामा स्रोत विद्यालयस्तरीय प्रधानाध्यापकको बैठकको निर्णय अनुसार सञ्चालन गरिने बताउनुभयो । पालिकाभित्र ५२ सामुदायिक र एक नीजि विद्यालय छन् ।

Exit mobile version