Home मुख्य समाचार बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजिनामा बुझाउँदै एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया । साथमा एमालेका ४ मन्त्रीहरु ।

हेटौँडाः बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नयाँ सत्ता समीकरण अनुसार सरकार गठन गर्नेगरी एमालेका मन्त्रीहरुले राजिनामा दिएका हुन् । सोमबार एमालेका ५ मन्त्रीले सामुहिकरुपमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएका हुन् ।

जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एका लाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले राजिनामा दिएका हुन् । एमालेका मन्त्रीको राजिनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।

Exit mobile version