हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा सामाजिक क्लब गठन गरिएको छ । सोमबार १० कक्षाका छात्र नितेश यादवको अध्यक्षतामा १३ सदस्यीय सामाजिक क्लब गठन भएको शिक्षक संगीता उप्रेतीले जानकारी दिनुभयो ।
६ कक्षादेखि १० सम्मका विद्यार्थीलाई सहभागी गराएर क्लब गठन गरिएको उप्रेतीले बताउनुभएको छ । सामाजिक विषयवस्तुमा आधारित रहेर सामाजिक कार्य गर्न क्लब गठन गरिएको बताइएको छ । विद्यार्थीलाई समाजसँग नजिक बनाउनु क्लब गठनको उद्देश्य रहेको पनि बताइएको छ । नियमित पठनपाठनको क्रममा सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई व्यवहारिक जीवनसँग जोड्दै सिकाइलाई दिगो बनाउन र सभ्य बनाउन क्लब उपयोगी हुने विद्यालयको अपेक्षा रहेको छ ।