हेटौंडाः बागमती प्रदेशसभाको बैठक शुक्रबार बसेको छ । शुक्रबारको बैठकले २ वटा विधेयक स्वीकृत गरेको हो ।
प्रदेशसभामा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐनको पहिलो संशोधन अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभएकोमा सर्वसम्मत स्वीकृत भएको हो ।
यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा कृषि समितिले गरेको निर्णयको प्रतिवेदन समितिका सभापति ठाकुरप्रसाद ढकालले पेश गर्नुभएकोमा सर्वसम्मत स्वीकृत भएको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुभएको छ ।