Home मुख्य समाचार कैलाश गाउँपालिकाका ११ जना विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

कैलाश गाउँपालिकाका ११ जना विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य

हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका मकवानपुरको कैलाश गाउँपालिकाका ११ जना विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन । गत चैत १५ गते सुरु भई चैत २७ गतेसम्म सञ्चालन भएको एसईईमा कैलाश गाउँपालिकाका ६ वटा विद्यालयबाट १ सय ९९ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी १ सय ८८ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

बिहिबार सार्वजनिक भएको नतीजाअनुसार कैलाश गाउँपालिका–२ स्थित कालिदेवी मावि र कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति माविका कुनै पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएनन् । कालिदेवीबाट २६ जना र रत्नज्योतिबाट २४ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । कैलाश गाउँपालिका–२ स्थित कमलादेवी माविबाट एसईईमा सहभागी ४५ जना विद्यार्थी मध्ये ३ जना, कैलाश गाउँपालिका–३ स्थित भवानी माविबाट एसईईमा सहभागी ५५ जना विद्यार्थी मध्ये १ जना, कैलाश गाउँपालिका–८ स्थित धुवाङ माविबाट एसईईमा सहभागी ११ जना विद्यार्थी मध्ये १ जना र कैलाश गाउँपालिका–९ स्थित कालिका माविबाट एसईईमा सहभागी ३८ जना मध्ये ६ जना विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् ।

Exit mobile version