Home मुख्य समाचार सरकार आफै अन्यौल छः सांसद जोशी

सरकार आफै अन्यौल छः सांसद जोशी

बागमती प्रदेशका सांसद उत्तम जोशी

हेटौँडाः बागमती प्रदेशका सांसद उत्तम जोशीले सरकार आफै अन्योलतामा रहेको बताउनुभएको छ । उहाँले सरकारको लय कता जाँदैछ भन्नेमा अन्योल रहेको बताउनुभएको हो ।

आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट माथिको छलफलका क्रममा प्रदेशसभा बैठक बोल्नुहुँदै कांग्रेसका सांसद एवम् पुर्व स्वास्थ्य मन्त्रीसमेत रहनुभएका जोशीले सरकार आफ्नो गन्तव्यमा हिँड्न नसकेको आरोप लगाउनुभयो ।

सांसद जोशीले प्रदेश सरकार लोकप्रियता कमाउन मात्र खोजिएको र सही गन्तव्यमा हिँड्न नसकिरहेको बताउनुभयो । प्रदेश सरकार घाटाको बजेट प्रस्तुत गर्दै नयाँ संरचना थप्दै गइरहेको, लक्ष्य अनुसारको राजस्व पनि नउठेको र संघीय सरकारले दिएको अनुदान पनि कम भएको अवस्थामा बजेट रकम बढाएर ल्याएको बताउनुभयो ।

उहाँले संसदमा बजेट विनियोजनबारे छलफल चल्दा सरकार सुन्ने मात्र र कुनै प्रतिक्रिया नआउने गरेको बताउनुभयो । प्रदेशले ल्याएको बजेटले संघीयतालाई सबलीकरण गर्छ भनेर आफुलाई विश्वास नलागेको उहाँको भनाई छ । सरकारले ल्याउने बजेट सन्तुलन हुनुपर्ने भएपनि अहिले बजेटप्रति सत्ता र प्रतिपक्षीहरु नै उमङ्ग नभएको उहाँले बताउनुभयो । प्रदेश सभा भरिभराउन हुनुपर्ने भएपनि पनि मन्त्रीहरु नै उपस्थित नभएर सरकार जिम्मेवार नबनेको उहाँले आरोप लगाउनुभयो । भद्रगोल अवस्थामा ल्याएको बजेटले लक्ष्य निर्धारण नगरेको उहाँले बताउनुभयो ।

Exit mobile version