Home मुख्य समाचार नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्न सकेनः सांसद चौलागाई

नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्न सकेनः सांसद चौलागाई

बागमती प्रदेश सभा सदस्य युवराज चौलागाई

हेटौँडाः बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईले नीति तथा कार्यक्रमलाई बजेटले सम्बोधन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभएको छ । उहाँले सरकारको बजेट आम नागरिकको हितमा रहनु पर्ने बताउनुभयो ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा सरकारको ५ वटा मन्त्रालयको बजेट माथिको छलफलमा भाग लिँदै सांसद चौलागाईले भौगोलिक सन्तुलन कायम गर्न नसकेको बताउनुभयो । विगतका सरकार कै लयमा अहिलेका मन्त्रीहरुले बजेट कार्यक्रम केन्द्रीत गरेको उहाँ भनाई छ । आर्थिक अवस्थाको कारण सरकारको बजेटमा चुनौति रहेको उहाँले बताउनुभयो ।

‘विगतमा अरुले जे गरे, अहिलेको सरकारले त्यही गरेको छ । यथार्थ धरताललाई टेकेर काम गर्न सक्ने नेतृत्व अहिलेको अवस्था हो । वर्ग विहीनताको सिद्धान्त बोकेर वर्ग निर्माण गरिएको छ । यो हिपोकेसीबाट अलग हुनुपर्छ ।’ उनले भने, ‘आर्थिक वृद्धि कमजार छ । रजस्वको अवस्था न्यून रहेको छ । पूँजिगत खर्चको अवस्था कम रहेको छ । अन्यको तुलनामा प्रदेश सरकारले केही नयाँ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । टुक्रे बजेटलाई निरुत्साहित गर्ने प्रत्यत्न रहेको छ ।’ चौलागाई नेकपा माओदीका सांसद समेत हुनुहुन्छ ।

Exit mobile version