Home मुख्य समाचार सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न सकेनः उपनेता चित्रकार

सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न सकेनः उपनेता चित्रकार

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार

हेटौँडाः नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार प्रदेशसभा प्रति जिम्मेवार बन्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले प्रदेश सरकारको बजेट माथिको छलफलमा मन्त्रीहरु अनुपस्थित हुन गैरजिम्मेवार पन भएको टिप्पणी गर्नुभयो ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा ५ वटा मन्त्रालयको बजेट माथिको छलफलमा भाग लिँदै उपनेता चित्रकारले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्व घाटाको बजेट ल्याएको बताउनुभयो । उनका अनुसार सरकारले बजेटमा आर्थिक अनुसाशन कायम गर्न सकेको छैन ।

सरकारको ढुकुटीमा मन्त्रीहरुले आफ्नो राज्य चलाइरहेका छन् । मन्त्रीहरु ध्रुत बनेर राज्य दोहन गरिरहेका छन् । मन्त्रीहरुका कारण नागरिकले बजेट माथि गरेको अपेक्षा व्यर्थ भएको छ ।’ उहाँले भन्नुभयो, ‘हाट बजारमा तरकारी किन्दा हुने बार्गेनिङ जस्तो प्रदेश सरकारको बजेटमा भएको छ ।’

प्रदेशका नागरिकहरुले बजेट मार्फत् दिगो आर्थिक विकास खोजेको उहाँले बताउनुभयो । नागरिकको अपेक्षा विपरित सरकारले बजेट ल्याएर प्रदेशको समृद्धि गुमाएको उहाँको भनाई छ ।

‘बजेटमा प्रतिपक्षले उठाएको सवल अर्थतन्त्रको लागि रोजगारी सृजना गर्न हुनुप¥यो । उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट प्राथमिकता हुनुपर्छ । बजेट मार्फत् राज्यको ढुकुटी वृद्धि (राजस्व वृद्धि)को मोडल तय गर्नेपर्छ । तर, सरकार त्यस विषयमा जिम्मेवार बन्न सकेको छैन । सरकारले आर्थिक समृद्धि, रोजगारी सृजना, उत्पदान वृद्धिका विषय बजेटमा समेट्न सकिएको छैन ।’ उपनेता चित्रकारले भन्नुभयो ।

उनका अनुसार बजेटमा आर्थिक वृद्धि रुग्ण उद्योग, युवा पलायनको अपक्षा सरकारले समेट्न सकेको छैन । सरकार कनिका छरे सरह बजेट बाँडेर ढुकुटि रित्याउन केन्द्रीत रहेको उहाँले बताउनुभयो ।

Exit mobile version