हेटौंडाः आज बागमती प्रदेशको विनियोजन विधेयक २०७७ माथि छलफलका क्रममा सांसद शशिजंग थापाले भीमफदी कुलेखानी सुरुङमार्ग र उपत्यका काठ चक्रपथ प्रदेशको गेम चेन्जर प्रोजेक्टको रुपमा आएको बताउनुभएको छ । आगामी बजेटले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका उहाँले बताउनुभयो । समाजवाद उन्मुख हुन यो बजेटले मद्दत गर्ने उहाँको भनाई छ ।

महामारी र प्रकोपबाट बच्च प्रदेशको समाजिक विकास मन्त्रालयले उपयुक्त बजेट विनियोजन गरेको बताउनुभयो । अहिलेको बजेट अनाथ बालबालिकालाई सहायता बनेर आएको र क्यान्सर पिडितहरुको लागि सञ्जिवनी बुटी बनेर आएको उहाँले बताउनुभयो । त्यस्तै किसानहरुको खेतखेतमा सिचाँइ र आम नागरिकको घरघरमा धारा बनेर आएको भन्दै बजेट उपयुक्त रहेको सांसद थापाले बताउनुभयो ।