Home अर्थ/व्यापार मनहरीको नीति तथा कार्यक्रम, बालीको न्यूनतम मूल्य तोक्ने

मनहरीको नीति तथा कार्यक्रम, बालीको न्यूनतम मूल्य तोक्ने

नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बुधबार बसेको गाउँसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पछाडि रहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत् शिक्षाको अवस्था सुधार गर्न विशेष जोड दिइएको छ । आर्थिक अभावका कारण विद्यालय जानबाट वञ्चित बालबालिका तथा श्रोत अभावका कारण शिक्षक व्यवस्थापन गर्न नसकेका विद्यालयलाई छात्रवृत्ति र अनुदानको व्यवस्था गरिने नीति लिएको छ ।

किसानलाई आवश्यक यन्त्र, उपकरण रोजेर किन्न पाउने, प्लाष्टिक टनेल अनुदान, उत्पादित तरकारी तथा फलफूल भण्डारणका लागि शितभण्डार निर्माण, पशुपालन प्रवद्र्धन गर्न पशु बिमा अनुदान, दुग्ध उत्पादनमा सहयोग र कृत्रिम गर्भाधान सेवा प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Exit mobile version