हेटौँडाः हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) श्रीधर अर्यालले हेटौँडामा दोस्रो अस्पताल जरुरी देखिएको बताउनुभएको छ । शुक्रबार भएको अस्पतालको सामाजिक परीक्षण कार्यक्रममा मेसुले हेटौंडा अस्पतालमा आउने बिरामीको उपस्थिति अनुसारको हेटौँडामा दोस्रो अस्पतालको आवश्यकता रहेको बताउनुभएको हो ।

समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले अस्पतालको सामाजिक परीक्षण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा श्रेष्ठले अस्पतालको समस्या, सुधार भएको पक्ष तथा चुनौतिहरुको बारेमा प्रस्तुत गर्नु भएको हो । हेटौंडा अस्पतालको ओपिडि तथा औषधीको टिकट काउन्टरमा भिडभाड देखिएकाले मेसु अर्यालले ओपिडिमा पनि टोकन नै लागु गर्ने योजनामा रहेको बताउनुभयो ।