विश्रामस्थल निर्माण गरिएको वनविज्ञान क्याम्पसको भवन ।

हेटौंडाः जिल्ला समन्वय समितिले सञ्चालन गरेको होल्डिङ सेन्टरमा बुधबार २१ जना बास बसेका छन् । काठमाडौंबाट बुधबार अबेर रातीसम्ममा हेटौंडा आइपुगेका २१ जना हेटौंडाको होल्डिङ सेन्टरमा बास बसेको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

होल्डिङ सेन्टरमा आइपुगेकामध्ये मकवानपुरगढीका ५ जना, हेटौंडा उपमहानगरका ५ जना, बकैया, मनहरी र बागमती गाउँपालिकाका ३३ जना, भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकाका १/१ जना छन् । होल्डिङ सेन्टरमा आएकामध्ये भीमफेदी र ईन्द्रसरोवर गाउँपालिकाका ११ जनालाई हेटौंडा अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा पठाइएको छ भने अन्यलाई आज बिहिबार बिहानै सम्बन्धित स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन पठाइएको छ । सम्बन्धित पालिकाले लिन आएपछि होल्डिङ सेन्टरबाट पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनुभयो । हालसम्म होल्डिङ सेन्टरमा १९१ जनाले सेवा लिइसकेका छन् ।