Home मुख्य समाचार ग्रीडमा समस्या हुँदा हेटौंडामा विद्युत अवरुद्ध, आधा घण्टामा विद्युत सुचारु हुने

ग्रीडमा समस्या हुँदा हेटौंडामा विद्युत अवरुद्ध, आधा घण्टामा विद्युत सुचारु हुने

हेटौंडा–१, चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको ग्रीडमा मर्मतको कार्य गर्दै ।

हेटौंडाः हेटौंडा–१, चौकीटोलस्थित ग्रीडमा समस्या भएपछि आज बिहान ११ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गतका ८ वटै फिडरमा विद्युत अवरुद्ध भएको छ । ट्रान्सफर्मरबाट फिडरमा विद्युत प्रवाह गर्ने तार पड्कीएर क्षति भएपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

विद्युत अवरुद्ध भएको करिब १ घण्टापछि ८ मध्ये ३ वटा फिडरमा विद्युत सुचारु गरिएको केन्द्र प्रमुख ठाकुरले जानकारी दिनुभयो । दिउँसो १२ः४५ मा हेटौंडा वितरण केन्द्रअन्तर्गतको भुटनदेवी, एचआईडी र युनिलिभर फिडरमा विद्युत सुचारु भएको छ । अबको केहीबेरमा सबै फिडरमा विद्युत प्रवाह सुचारु गरिने केन्द्र प्रमुख ठाकुरले जानकारी दिनुभएको छ ।

Exit mobile version