Home मुख्य समाचार बागमतीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बागमतीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ

हेटौँडाः बागमती प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले आगामी आव २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ । प्रदेश सरकारले आउँदो असार १ गते बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Exit mobile version