हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा जारी खुला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको छ । शनिबार सेमिफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको फाइनल खेल्ने टोलीको टुङ्गो लागेको प्रतियोगिताका संयोजक जीवन सञ्जेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधिका लागि बकैया–७ स्थित एफसी कान्द्राङ र बकैया–३ स्थित एफसी हात्तीसुँडेबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टिमबीचको खेल आइतबार दिउँसो ३ बजे सुरु हुनेछ । शनिबार भएको सेमिफाइनल खेलमा आयोजक बकैया रिभर साइड युथ क्लब रातोलाई २–० गोलले हराउँदै कान्द्राङ फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, बकैया–८ स्थित गणतान्त्रिक युथ क्लबलाई २–० गोलले हराउँदै हात्तीसुँडे फाइनलमा प्रवेश गरेको हो । दुई टिमबीचको विजेताले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।