Home मुख्य समाचार जन्मदिनमा विद्यालयलाई पुस्तक हस्तान्तरण

जन्मदिनमा विद्यालयलाई पुस्तक हस्तान्तरण

हेटौँडाः हेटौँडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बास्ताकोटीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ । शुक्रबार जन्मदिनको अवसर पारेर अध्यक्ष बास्ताकोटीले १० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गर्नुभएको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले जानकारी दिनुभएको छ ।

बास्ताकोटीले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित विविध विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गर्नुभएको चौलागाईले जानकारी दिनुभयो । विद्यालयले एक व्यक्ति, एक पुस्तक अभियान सञ्चालन गरी विद्यालयको पुस्ताकालयसँगै कक्षाको बुक कर्नरमा पनि पर्याप्त पुस्तक व्यवस्थापन गर्ने योजना बनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल २ हजार जना विद्यार्थी अध्ययनरत छन् ।

Exit mobile version