Home मुख्य समाचार बारीको कान्लाबाट लडेर स्वस्थानीको मृत्यु

बारीको कान्लाबाट लडेर स्वस्थानीको मृत्यु

सांकेतिक तस्वीर ।

हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ मा बारीको कान्लाबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँगाचोकगढी नगरपालिका–१, स्याउले बद्लाङ बस्ने ३३ वर्षीया स्वस्थानी खड्का थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बुधबार बिहान ७ बजेको समयमा थापा घरबाट घाँस काट्न निस्किएकोमा अबेरसम्म घरमा नआएकाले आफन्तहरुले खोजतलास गर्दै जाँदा दिउँसो ३ बजेको समयमा बारीको कान्लाबाट लडी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Exit mobile version