Home मुख्य समाचार कमलले काकीलाई कैँचीले हान्यो

कमलले काकीलाई कैँचीले हान्यो

हेटौँडाः हेटौँडा–९, प्रगतिटोलका ५० वर्षीय कमल परियारले मादक पदार्थ सेवन गरी ६५ वर्षीया काकी गोमा दमाईलाई कैचीले टाउकोमा हानेर घाइते बनाएका छन् । शनिबार दिनको १ बजेर २० मिनेटको समयमा कमलले काकीलाई कैँची प्रहार गरी घाइते बनाएको भनी खबर प्राप्त भएपछि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर खटिएको टोलीले घाईते गोमालाई उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो । घाइते गोमा बोल्न नसक्ने, अचेत रहेको प्रहरीले जानकारी दिएको छ । कुटपिट गर्ने कमललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Exit mobile version