Home मुख्य समाचार बासुदेव गृहमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

बासुदेव गृहमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४, हुप्राचौरमा रहेको पुरानो बासृदेव सभागृहमा आधुनिक, समयसापेक्ष सुविधायुक्त सभागृह सहित बहुउद्देश्यीय व्यवसायीक कम्प्लेक्स भवन निर्माण गर्ने भएको छ । त्यस्तै कम्प्लेक्स र आधुनिक भ्यूटावरको विस्तृत परियोजना (डिपिआर) तयार भैरहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सभागृह र भ्यू टावरलाई समावेश गरिएको उपमहानगरपालिकाका उमपेयर मिनाकुमारी लामाले जानकारी दिनुभयो ।

हेटौंडा–४ को सभागृहको अहिलेको पछिल्लो अवस्था नाजुक रहेको छ । सभागृह भनिएतापनि फोहोर, र व्यवस्थापन नहुँदा भएको जमिन र भवनको उपयोग हुन सकेको छैन । सभागृह परिसरमा भएको राजा विरेन्द्रको मुर्ति पनि भग्नावशेष अवस्थामा छ ।

आवश्यक संरक्षण र मर्मत हुने सके हुप्राचौरको बासुदेव गृह हेटौंडाकै सुन्दर व्यवसायीक कम्प्लेक्सका साथै पर्यटनको केन्द्र बन्न सक्छ । जसले आन्तरिक पर्यटनलाई पनि टेवा दिन सहयोग पुग्छ ।

Exit mobile version