Home मुख्य समाचार १४ विद्यार्थीले लेखे प्रधानमन्त्रीलाई चिठ्ठी

१४ विद्यार्थीले लेखे प्रधानमन्त्रीलाई चिठ्ठी

प्रधानमन्त्रीलाई लेखिएको चिठ्ठी प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्दै विद्यार्थी।

हेटौँडाः हेटौँडाका १४ जना विद्यार्थीले प्रधानमन्त्रीलाई चिठ्ठी लेखेका छन्। शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह अन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरको आयोजनामा विद्यार्थीले प्रधानमन्त्रीलाई चिठ्ठी लेखन कार्यक्रम भएको हो।

हेटौँडाका ९ वटा सामुदायिक विद्यालयका १४ जना विद्यार्थीले मैले चाहेको शिक्षा शीर्षकमा लेखेको चिठ्ठी मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाईमार्फत प्रधानमन्त्रीलाई पठाइएको छ। प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी विद्यार्थी आफैँले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका थिए।

विद्यार्थीका चिठ्ठी बुझ्नु भएपछि प्रमुख जिल्ला अधिकारी सेडाईले विद्यार्थीका चिठ्ठी प्रधानमन्त्रीको कार्यालय पठाइने जानकारी दिनुभयो। प्रधानमन्त्रीलाई चिठ्ठी लेखेका विद्यार्थीले महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका छन्।

Exit mobile version