Home मुख्य समाचार विद्युतको पोल बोकेको ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

विद्युतको पोल बोकेको ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु

हेटौँडा: मकवानपुरको कैलाश गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कैलाश गाउँपालिका-१० सादिखोरियामा बुधबार साँझ ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

भलटारबाट पुरानो गाँउतर्फ विद्युतको पोल लिएर जाँदै गरेको बागमती प्रदेश ०३-००१ त ०४१९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरको पछाडि टेलरमा सवार कैलाश-१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाईबाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक मकवानपुरको भिमफेदी गाउँपालिका-९ बाघमाराका ३३ वर्षीय वीरमान स्याङतान प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

Exit mobile version