Home मुख्य समाचार नारायणी कलेजद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

नारायणी कलेजद्वारा कक्षा १२ का विद्यार्थीको बिदाई

नारायणी कलेजको १२ कक्षाका विद्यार्थीलाई विदाइ गर्नुहुदै प्रिन्सीपल रघुनाथ खुलाल

हेटौंडाः हेटौंडा–१० स्थित नारायणी कलेजले कक्षा–१२ का विद्यार्थीहरुका लागि बिदाई तथा फेरि भेटौंला कार्यक्रम आयोजना गरेको छ । आइतबार हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा कक्षा ११ अध्यनरत विद्यार्थीहरुले १२ कक्षाको अध्ययन पूरा गरेका विद्यार्थीहरुका लागि बिदाईसहित फेरि भेटौंला कार्यक्रमको आयोजना गरेको हो ।

नारायणी कलेजका प्रिन्सिपल रघुनाथ खरालको सभाध्यक्षमा बिदाई कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रिन्सिपल खरालले कक्षा १२ को वार्षिक परीक्षमा सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभएको छ । कलेजमा अध्यनरत विद्यार्थीहरुको बिदाई भन्दा पनि शुभकामनाका सन्देश प्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभएको हो ।

कमजोर नतिजाका कारण स्नातक तहको अध्ययनमा नकारात्मक प्रभाव पर्ने भएकाले परीक्षा राम्ररी दिन उहाँले आग्रह गर्नुभयो । बिदाई कार्यक्रममा कक्षा–१२ का विद्यार्थीहरुलाई प्रिन्सिपल खरालले खादा र टीका लगाएर बिदाई गर्नुभएको थियो ।

कार्यक्रममा कक्षा–११ मा अध्यनरत विद्यार्थी सुविन लामालाई सम्मान गरिएको छ । केन्द्रीयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका लामाले रिले दौडतर्फ स्वर्ण पदक प्राप्त गर्न सफल भएकोले सम्मान गरिएको हो ।

विद्यालयको खेलकुद सप्ताहमा सञ्चालन भएको भलिबल, फुटबल ब्याडमिन्टन, एथ्लेटिक्स, हाजिरीजवाफ प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । फुटबलतर्फको खेलमा उत्कृष्ट खेलाडी घेषित हुने राशा महर्जनलाई ट्रफी प्रदान गरिएको छ । एथ्लेटिक्समा प्रथम हुने रोहित पण्डित र द्वितीय हुन सफल भएका विक्रम ठाकुरलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

बिदाई कार्यक्रममा ११ कक्षाका विद्यार्थीहरुले नृत्यसँगै सांगीतिक प्रस्तुति पनि गरेका थिए । कार्यक्रममा ११ र १२ कक्षाका करिब ३ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Exit mobile version