Home मुख्य समाचार १७ जनाले रक्तदान गरे

१७ जनाले रक्तदान गरे

रक्तदान गर्दै रक्तदाता

हेटौँडाः नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वार्षिकोत्सवको अवसरमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले सोमबार रक्तदान कार्यक्रम गरेको छ ।

हेटौँडा–५ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा १७ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोग रहेको छ । यस्तै भोलि मंगलबार पनि रक्तदान कार्यक्रम रहेको रक्तसञ्चार केन्द्र हेटौँडाले जनाएको छ ।

Exit mobile version