रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–१० स्थित वन विज्ञान क्याम्पसमा मंगलबार बिहान रक्तदान कार्यक्रम भएको छ । युवा रेडक्रस सर्कलकोे आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । वन विज्ञान क्याम्पसले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । बुधबार पनि रक्तदान कार्यक्रम आयोजना हुने रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दहालले जानकारी दिनुभयो । आज बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।