Home खेलकुद मच्छिन्द्रको संघर्षपूर्ण जीत

मच्छिन्द्रको संघर्षपूर्ण जीत

यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित

सिमराः विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जीत निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुर–सिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती सिमरा रङ्गशालामा भएको प्रतिष्पर्धात्मक खेलमा आर्मी विरुद्ध मच्छिन्द्रले १–० को संघर्षपूर्ण जीत निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

मच्छिन्द्रको जीतमा खेलको ६९ औं मिनटमा शौरभ लिम्बुले निर्णायक गोल गरे । खेलको ६३ औं मिनटमा अभिषेक गुरुङको ठाउँमा मैदान प्रवेश गरेका लिम्बुले आर्मीका गोलरक्षक विकेश कुथुको गल्तीको फाइदा उठाउँदै सहजै गोल गरेका थिए । सेन्टर लाईनबाट बल अघि बढाएका विमल घर्ती मगरको पासमा सौरभ लिम्बुले डिबक्स बाहिरैबाट बललाई गोलपोष्टको दिशा दिएका थिए । मच्छिन्द्रको प्रयासलाई रोक्न डि–एरिया बाहिरै आइपुगेका आर्मीका गोलरक्षक कुथुलाई बिट गर्दै सौरभले सुन्दर गोल गरेका थिए ।

म्यान अफ दि म्याच मच्छिन्द्र फुटबल क्लबका मनिष डाँगी घोषित भए । उनले १० हजार नगद सहित ट्रफि प्राप्त गरे । बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जयसवाल र शुभारम्भ कलेजका निर्देशक अनिल चौधरीले म्यान अफ दिम्याच को पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताअन्तर्गत बुधबार आयोजक नवजनजागृति युवा क्लब सिमरा र नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबकाबीच खेल हुनेछ ।

Exit mobile version