हेटौँडाः हेटौँडा उपमहानगरपालिकामा आधारभूत तहको (कक्षा–८) को वार्षिक परीक्षा सकिएको छ । चैत ४ गते आईतबारबाट सुरु भएको परीक्षा चैत १० गते शनिबार सकिएको हो ।
हेटौँडा उपमहानगरपालिकाका ८३ वटा विद्यालयका तीन हजार ८ सय ५२ जना विद्यार्थीले आधारभूत तहको परीक्षा दिएको हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत हरिचन्द्र सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार परीक्षाको नतिजा चैतको अन्तिममा प्रकाशन हुनेछ । आधारभूत तहको परीक्षामा आधुनिक राष्ट्रिय माविबाट २ जनाले मात्र परीक्षा नदिएको अधिकृत सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार आधारभूत तहका परीक्षा दिएको कपी विद्यालयले जाँच गरिसकेपछि नगरपालिकाले पनि जाँच गरेपछि मात्रै परीक्षाको नतिजा प्रकाशन हुने जानकारी दिनुभयो ।