Home अन्तरवार्ता “विद्यार्थी बनेर क्यानडा गएर कामको खोजी गर्नु उचित हुँदैन”

“विद्यार्थी बनेर क्यानडा गएर कामको खोजी गर्नु उचित हुँदैन”

विनोद श्रेष्ठ आप्रवासनसम्बन्धी परामर्शदाता क्यानडा

यतिबेला नेपालमा देश नै विदेश गइरहेछ भन्ने चर्चा व्यापक छ । आआफ्नो सीप, दक्षता, क्षमताका आधारमा नेपालीहरु विदेश गइरहेका छन् । पछिल्लो समय क्यानडा मध्यम वर्गीय नेपालीको आकर्षक गन्तव्य बनेको छ । क्यानडामा राम्रो शिक्षा, राम्रो रोजगारी र उतै बसोबास गर्ने गरी स्थानान्तरण हुने अपेक्षासहित नेपालीहरु क्यानडालाई आफ्नो गन्तव्य बनाइरहेका छन् । क्यानडा किन जाने ? कसरी जाने ? कस्ता विद्यार्थी जाने ? क्यानडामा के सम्भावना छ ? क्यानडाका चुनौति र अवसरको विषयमा हेटौँडा–४ का स्थायीवासी क्यानडा सरकारबाट अनुमतिप्राप्त आप्रवासनसम्बन्धी परामर्शदाता विनोद श्रेष्ठ समृद्ध समाज दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः क्षमता भएका नेपाली युवा पुस्ताहरु सबै जना मुलुक छाड्दै छन् । त्यो मध्ये पनि नेपाली युवाहरुको आकर्षणको एउटा मुलुक चाहिँ क्यानडा हो । क्यानडामा बसरे काम गर्दा कस्तो देख्नु हुन्छ ? कस्ता मानिसहरु क्यानडा जान रुचाइरहनु भएको छ ?
श्रेष्ठः
अब यो हुन त म क्यानडा बसेको करिब ८ वर्ष भयो । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा सन् २०१६ मा जाने गरेको नेपालीहरु र अहिले २ देखि ३ वर्षमा जुन तरिकाले नेपालीहरु आउने गरेको छ । त्यो तरिकामा फरक पाउँछु मैल अहिले । पछिल्लो समय विशेष कोरोना महामारीपछि अहिले चाहिँ काम गर्नका लागि जाने र उच्च शिक्षा प्राप्त गर्न पढ्नका लागि ठूलो संख्यामा विद्यार्थी आइरहेको अवस्था छ ।

समाजः अब विद्यार्थीहरु क्यानडा जाने चाहिँ २ वटा अवस्था देखिन्छ । उच्च शिक्षा र कामका लागि । अध्ययन चाहिँ बहाना भयो, कामका लागि जाने गरेका छन् । क्यानडा पुगेर काम गर्ने अवसरको अवस्था के छ ? उच्च शिक्षाको अवस्था के छ ? शिक्षाको सन्दर्भमा कस्ता विद्यार्थीहरु क्यानडा पुगेका छन् ?
श्रेष्ठः
पछिल्लो समयमा सामाजिक सञ्जालमा जसरी विद्यार्थी भाइबहिनीहरुले कामको विषयलाई लिएर, काम भएन, काम पाएन, काम गर्न सकिएन र कामै छैन क्यानडामा भनेर विद्यार्थीहरुले भन्ने गरेको पाइन्छ । त्यसमा चाहिँ आफुले कुनै क्याटेगोरीका लागि आवेदन दिएको छ । त्यो अनुरुप क्यानडाका सरकारले सेवा सुविधा दिएको छ कि छैन भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ । अब कुनै विद्यार्थी पढ्छु भनेर क्यानडा जाँदैछ भने त्यो विद्यार्थीहरुले कामको खोजी गर्नु मलाई उचिल जस्तो लाग्दैन । विद्यार्थी बनेर क्यानडा गएर कामको खोजी गर्नु उचित हुँदैन ।

समाजः अहिलेको समयमा नेपालका कस्ता विद्यार्थीहरु कुन विषयका लागि क्यानडा जान उपयुक्त छ ?
श्रेष्ठः
क्यानडामा पढाईको हिसाबले र कार्यक्रमको हिसाबले कस्तो छ भने स्वास्थ्य क्षेत्र एकदमै उपयुक्त छ । अहिले पनि क्यानडा सरकारले त्यहाँ आफैले विद्यार्थीहरु विभिन्न क्याटगरीमा उत्पादन गर्दा बाहिरबाट विशेषगरी स्वास्थ्य क्षेत्र, आइटी क्षेत्रमा जान उपयुक्त देखिन्छ ।

समाजः खर्चको सन्दर्भमा एकजना नेपाली विद्यार्थीहरुले क्यानडामा बसेर पढ्नुपर्यो भने कति बजेट खर्च हुन्छ ?
श्रेष्ठः
अब ९० प्रतिशत भन्दा बढी विद्यार्थीहरु डिप्लोमाका लागि क्यानडा जाने गर्छन् । त्यो भनेको एक प्रकारको प्रेजिङ कार्यक्रम हो । त्यो चाहिँ क्याम्पसको पढाई हुन्छ । क्याम्पसले चाहिँ छोटो समयमा व्यावसायिक बजारलाई हेरेर मागका आधारमा शैक्षिक कार्यक्रमको ढाँचा निर्माण गर्ने गरेको छ । त्यो एक प्रकारको तालिममा आधारित जस्तो र छोटो समयमा जनशक्ति तयार पार्ने उद्देश्यले तयार पारिएको हुन्छ । त्यसले कसरी बजारमा रहेको जनशक्तिको अभावलाई पूरा गर्न सकिन्छ भनेर तयार गरिएको हुन्छ । त्यो छोटो हुन्छ र आठ महिनादेखि एक वर्षसम्मको हुन्छ । अब यसमा १७ देखि १८ हजार डलर खर्च हुन्छ ।

समाजः नेपाली २० लाख रुपैयाँ मात्र शिक्षण शूल्कमा खर्च हुन्छ । अरु चाहिँ के छ ?
श्रेष्ठः
अब आज भन्दा १० वर्ष अगाडि क्यानडा सरकारले विद्यार्थीहरु जो पढ्न आउँछन् उनीहरुले शिक्षण शुल्क बाहेक १० हजार डलर चाहिँ अतिरिक्त आफ्नो लिएर आउनुपर्छ भनेको थियो । अहिले त्यसलाई परिवर्तन गरेर डबल बनाएको छ । अहिले २१ हजार चाहिँ विद्यार्थीहरुसँग छ भन्ने तरिकाले आउनुपर्छ । अहिलेलाई मलाई २० हजार डलर चाहिँ आवश्यक पर्छ वर्षका लागि भनेर तयारी गरेर आउनुपर्यो । शिक्षण शुल्क बाहेक । यदि काम नगर्ने हो, पढ्ने हो भने ४० लाखको हाराहारीमा पैसा आफुसँग हुनुपर्छ ।

समाजः यही बुझेर जाने विद्यार्थीहरु कति पाउनुभएको छ ?
श्रेष्ठः
कमै छ त्यस्ता विद्यार्थी । धेरैले यसलाई कसरी बुझछन् भने काम गर्ने पढ्ने हिसाबले आएको बुझिन्छ । विद्यार्थीहरुले बुझेको अनुरुप नहुँदा समस्यामा परेको देखिन्छ । विद्यार्थीहरु राम्ररी नपढ्ने, कक्षाबाट भाग्ने, पैसा कमाउनेतिर लाग्ने, आफ्नो पढाई बिगारेका धेरै विद्यार्थीहरु छन् । क्यानडा सरकारले पनि आप्रवासी बन्न धेरै आएको भएर प्रष्ट पारेको छ, प्रेस विज्ञप्ती जारी गरेर विद्यार्थीलाई पढ्न बोलाएको, भिषा दिएको हो काम गर्न दिएको भिषा होइन र यो पढ्न आउने भिषाले पिआरको सम्भावना हुँदैन । त्यसकारणले जो पढ्न आउँछन्, काम र पिआर भनेको भोलि बस्दै जाने क्रममा आफ्नो क्षमता अनुसार आवेदन दिएर पाउने कुरा हो भनेर प्रष्ट पारेको छ ।

समाजः विद्यार्थीको पाटोमा हामीले विद्यार्थीहरुले असाध्यै अवसर छ भनेर गएको कुरा अलि अगाडि तपाइँहरु पनि आफ्नो पेसा व्यवसायमा स्थापित भइसक्नु भएको छ । शैक्षिक परामर्श संस्थाहरुले चाहिँ कागजपत्र मिलाउने काम पनि गरिरहेको छ । परामर्श संस्थाहरुको सेवा कस्तो भइरहेको पाउनुभएको छ । यहाँबाट कस्तो गुणस्तरीय सेवा प्रदान गरेर वास्तविक सेवा प्रदान गरेर विद्यार्थीहरुलाई पुर्याएको पाउनुभएको छ ?

श्रेष्ठः विद्यार्थीहरु आइरहनुभएको छ । हामीले पछिल्लो समय अलि धेरै समस्या देखेका छौँ । सबैले त्यसो गर्यो भनेर भन्दिनँ । विद्यार्थीहरु आएर सफल पनि भएका छन् । कतिलाई चाहिँ सायद वहाहरुले चाहिँ थोरै खोजको कमी भयो कि क्यानडाको बारेमा बुझ्न । कहाँ के–के छ भन्ने कुराको ज्ञान नभएको कारणले विद्यार्थीले थोरै गल्ती भएको हो कि भन्ने कुराको महसुस गरेको छु । दिनहुँ विद्यार्थीहरुले फोन गर्छन् । मलाई यसो भनेको थियो उसो भनेको थियो । यो भएन, त्यो भएन भनेर गुनासो आउँछ । कतिपय अवस्थामा चाहिँ एउटा अभिभावकको अवस्था नै राम्रो नभएको कारणले त्यो अभिभावकले राम्ररी खर्च गर्न सक्नु हुन्न । कुनै पनि विद्यार्थीहरुको क्षमता बुझेर मात्र त्यो ठाउँमा पु¥याउनुपर्छ । प्रविधिको समयमा कुनै पनि ठाउँमा जाने बेलामा त्यसको विषयमा खोजी गर्न सकिन्छ ।

Exit mobile version