Home मुख्य समाचार इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेना घाइते

इन्द्रसरोवरमा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेना घाइते

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोलास्थित हेटौंडा–काठमाडौै सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना नेपाली सेना घाइते भएका छन् । घाइते हुनेमा चितवनको खैरेनी नगरपालिका–१ का २९ वर्षीय यज्ञ बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

शनिबार दिउँसो २ बजेर २५ मिनेटको समयमा उक्त सडकखण्डमा हेटौंडाबाट काठमाडौैतर्फ जाँदै गरेको लु ३४ प ३६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा चालक मगर घाइते भएको हो । मोटरसाइकल सडकबाट १५ मिटर तल खस्दा ढाडमा चोट लागेर घाइते भएका मगरलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पतालमा लगिएको प्रवक्ता भण्डारीले बताउनुभयो । घाइते मगर दाङको रङसिंह दलमा कार्यरत नेपाली सेना हुुनुहुन्छ ।

Exit mobile version