Home मुख्य समाचार स्थापना दिवसमा सरसफाई सामग्री हस्तान्तरण

स्थापना दिवसमा सरसफाई सामग्री हस्तान्तरण

सरसफाईमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिँदै।

हेटौँडाः बस्तिपुर जेसिज हाँडिखोलाले स्थापना दिवसको अवसरमा कालिका आधारभूत विद्यालय बासघारीमा सरसफाई सामग्री वितरण गरेको छ।

बस्तिपुर जेसिज हाँडिखोलाका अध्यक्ष अमृत पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा अगामी दिनहरुमा पनि जेसिजले विद्यालय र समाजमा यस्तै गतिविधिलाई निरन्तरता दिँदै जाने बताइएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रलाल थिङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। बस्तिपुर जेसिजले यसअघि कालिका आधारभूत विद्यालयमाब२ कोठे भवन निर्माण गरिदिएको थियो।

Exit mobile version