महिला मजदुरलाई खाद्यान्न सहयोग गरिदैँको तस्वीर

हेटौंडाः अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । बुधबार हेटौंडा–१३, कुखरेनी बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने महिलाहरुलाई खाद्यान्न वितरण गरेको हो । संघले चामल, दाल, तेल, मस्यौरालगायत खाद्यान्न सहयोग गरेको छ । संघले १५ घरपरिवारका महिलालाई खाद्यान्न वितरण गरेको हो ।

११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसंघले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमअन्तर्गत् बुधबार खाद्यान्न वितरण गरेको हो । खाद्यान्न वितरण कार्याक्रममा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षता तथा अनेमसंघ केन्द्रीय सदस्य पद्मा पौडेलको प्रमुख आतिथ्य रहेको थियो । अनेमसंघ केन्द्रीय सदस्य पार्वती राना, प्रदेश सचिवालय सदस्य सीता विष्टलगायत संघका पदाधिकारीहरुको आतिथ्य रहेको थियो ।