Home मुख्य समाचार जडीबुटी खेतीसम्बन्धी तालिम सुरु

जडीबुटी खेतीसम्बन्धी तालिम सुरु

जडीबुटी खेतीसम्बन्धी तालिममा सहजीकरण गर्नु हुँदै अधिकृत रघुराम पराजुली

हेटौंडाः हेटौंडा–१३ मा रहेको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरमा जडीबुटी खेतीसम्बन्धी तालिम सुरु भएको छ । मंगलबारबाट सुरु भएको प्रशिक्षण तालिम २४ गते बिहीबारसम्म सञ्चालन हुनेछ ।

तालिमको उद्घाटन मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले विरुवामा पानी हालेर गर्नुभएको थियो । तालिमको सहजीकरण वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका वरिष्ठ वैज्ञानिक अधिकृत रघुराम पराजुलीले गरिरहनुभएको छ । तालिममा मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका, थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाका १८ जनाको सहभागिता रहेको छ । तालिम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ ।

तालिममा मकवानुरमा रहेको वनस्पति तथा जडीबुटी, वनस्पति उद्यान, नेपालमा प्राथमिकतामा रहेको जडीबुटी आदिको बारेमा जानकारी दिइनेछ । यस्तै, वनस्पति स्रोतको कार्य क्षेत्रहरु, नेपालमा जडीबुटी र गैरकाष्ठ वन पैदावार आदि विषयमा प्रशिक्षण भएको थियो ।

Exit mobile version