हेटौंडाः नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले तामाङ समुदायको महान चाड मञ्जुश्री सम्वत २८६० सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ । शनिबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना दिनुभएको हो ।
सन्देशमा भन्नुभएको छुँ सम्पूर्ण आमाबुवा, दिदिबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, आरोग्य एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै यस पर्वले नेपाली नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक(साँस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
नेता थपलियाले नेपालका विविध साँस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न समयमा मनाइने विभिन्न पर्वहरुले नेपालको मौलिकता झल्काउने पर्ब हाम्रो राष्ट्रिय पूँजी भएको बताउनु भयो। उहाँले भन्नुभयो। यस्ता विशेषतालाई समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियानमा सदुपयोग गर्नुपर्दछ र यस पर्वले परम्परा र संस्कृतिको संरक्षण गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
