हेटौडाः हेटौंडा उपमहानगरपालिका–६, चौघडा न्यूरेनीमा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । आज शुक्रबार जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको महिला उपसमितिको आयोजनामा निःशुल्क स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर हुने समितिकी संयोजक रेखा मैनालीले जानकारी दिनुभयो ।

संस्थाकै भवनमा हुने शिविरमा भरतपुर क्यान्सर अस्पतालबाट क्यान्सर विषेशक्ष डा. विश्वराम पौडेल र डा. प्रज्वल थिङ कुँवरले स्वास्थ्य जाँच गर्नुहुनेछ । सहकारीका सदस्य तथा गैरसदस्यले परामर्श तथा जाँच कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् । संस्थाले सय जनाको स्वास्थ्य परीक्षणको लक्ष्य बनाएको मैनालीले बताउनुभयो । रोगको पहिचान गर्ने र सही सेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो ।