हेटौँडाः हेटौँडा–६, चौघडास्थित प्रज्वल शिक्षा सदनको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पताललाई पुस्तक र पुुस्तक राख्ने झोला हस्तान्तरण गरिएको छ । बुधबार अन्तर्राष्ट्रिय सस्वर वाचन दिवसको अवसर समेत पारेर विद्यालयकी सञ्चालक लक्ष्मी श्रेष्ठले बालसाहित्यसम्बन्धी १६ थान पुस्तक र एउटा पुस्तक राख्ने झोला हस्तान्तरण गर्नुभएको हो ।
हेटौँडा अस्पतालको बालबालिका वार्डमा प्र्रयोेग गर्ने गरी पुस्तक र पुस्तक राख्ने झोला हस्तान्तरण गरिएको हो । यसअघि पठन संस्कृतिको विकास गर्ने उद्देश्यले हेटौँडाबाट प्रकाशन हुने समृद्ध समाज राष्ट्रिय दैनिकले हेटौँडा अस्पतालमा उपचाररत विरामी र तिनका कुरुवालाई अध्ययनका लागि पुुस्तक हस्तन्तरण गरेको थियो । हेटौँडा अस्पतालको बालबालिका वार्ड, सर्जरी तथा हाडजोर्नी वार्ड र जनरल वार्डमा पुुस्तक राखिएको छ । हेटौँडा अस्पतालका नर्सकाअनुसार अस्पतालमा उपचाररत विरामी र तिनका कुरुवाले पुस्तक पढ्न थालेका छन् । अस्पतालमा उपचाररत विरामी र तिनका कुरुवा मोवाइल फोनको प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न पुस्तकको व्यवस्था गरिएको हो ।