हेटौँडाः नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका इन्द्रप्रसाद नेपाल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशन तथा दशौं साधारणसभाबाट नेपाल उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बागमती प्रदेश अन्तर्गत केन्द्रीय उपाध्यक्षमा ३ सय ८२ मत खसेकोमा नेपालले १ सय ८५ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । नेपाल यसअघि संघको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । संघको केन्द्रीय सदस्यमा मकवानपुरबाट राजु नेपाल र अजिव भट्टराई निर्वाचित हुनुभएको छ । संघको केन्द्रीय अध्यक्षमा रुपन्देहीका विष्णु तिवारी निर्वाचित हुनुभएको छ । तिवारीको अध्यक्षतामा ४७ सदस्यीय समिति चयन भएको छ । कार्यसमितिको कार्यकाल २ वर्षको रहने उपाध्यक्ष नेपालले जानकारी दिनुभएको छ ।