भीमफेदी कारागारमा सशस्त्र प्रहरीको विदाई र नेपाली सेनाको स्वागत गरिँदै ।

हेटौंडाः मकवानपुरको भीमफेदी कारागारसहित मुलुकका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । मकवानपुरको भीमफेदी कारागारमा खटिएका ६० जना सशस्त्र प्रहरीको स्थानमा सोहि संख्यामा सेनाले सुरक्षा दिने कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिनुभयो ।

हिजो सोमबारदेखि अहिलेको संक्रमणकालमा सेनाले कारागारको सुरक्षा गर्ने उहाँले बताउनुभयो । भीमफेदी कारागारमा अब मकवानपुरको सुपारेटार ब्यारेकका सेनाले सुरक्षा गर्ने भएको कारागारका प्रमुख खनालले बताउनुभयो ।