Home मुख्य समाचार भानु माविबाट ४६ जनाले एसइई दिने

भानु माविबाट ४६ जनाले एसइई दिने

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित भानु माध्यमिक विद्यालयबाट यस वर्ष ४७ जना विद्यार्थीले एसईई दिने भएका छन् । विद्यालयबाट नियमिततर्फ ४७ जना विद्यार्थीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने भएका हुन् ।

ग्रेडवृद्धितर्फ यस वर्ष एक जना पनि विद्यार्थी नरहेको विद्यालयका शिक्षक शान्तप्रसाद दहालले जानकारी दिनुभयो । गत वर्षको एसईई परीक्षामा १०० प्रतिशत उत्तीर्ण भएका थिए भने यो वर्ष सबै विद्यार्थीहरुलाई उत्तीर्ण गराउने विद्यालयको उद्देश्य रहेको छ ।

पहिलो त्रैमासिक परीक्षाको तुलनामा दोस्रो त्रैमासिक परीक्षाको नतिजामा सुधार आएको शिक्षक दहालको भनाइ छ । एसईईका लागि विद्यार्थीहरुले तयारी गरिरहेको उहाँले बताउनुभयो । एसईई दिने विद्यार्थीका लागि गत भदौबाट नै अतिरिक्त कक्षा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा हाल ५ सय २५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

Exit mobile version