विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मकवानपुरको बकैया गाउँपालिका–७, हिरामुनीस्थित पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । हेटौँडा–४ स्थित भुटनदेवी माविकी शिक्षक सावित्री अधिकारीको पहल तथा हेटौँडा–१५, रातोमाटेस्थित दिव्यसेवा निकेतनको सहयोगमा आइतबार विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।

सहजकर्ता शिक्षक सावित्री अधिकारीसहित दिव्यसेवा निकेतनका अध्यक्ष टिआर निरौलासहितको समूह विद्यालयमै पुगेर ७० जना विद्यार्थीलाई टिसर्ट, ज्याकेट, ट्राउजर, टोपी, जुत्ता, मोजासहि कापी, पेन्सिल, इरेजर, सार्पनर वितरण गरिएको हो । विद्यार्थीलाई सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बिक, प्रधानाध्यापक सुनमाया भ्लोन, वडा सदस्यद्वय रामकुमार तितुङ, जितबहादुर मोक्तान, बकैया गाउँपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति चन्द्रप्रसाद देवकोटाको पनि उपस्थिति रहेको थियो । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् ।