हेटौंडा–८, हेटौंडा औद्योगिक क्षेत्रमा एक बालिकालाई खोप लगाइँदै । फाइल तस्वीर ।

हेटौंडाः दादुरा रुवेला विरुद्धको खोप आज सोमबार उपमहानगरपालिकाको १८ स्थानमा लगाइँदै छ । आज वडा नम्बर १ को नकौली स्वास्थ्य केन्द्र, वडा नम्बर २ को वनस्खण्डी स्वास्थ्य केन्द्र, वडा नम्बर ३ को बसामाडी स्वास्थ्य चौकी, वडा नम्बर ४ को कमलडाँडा कालिका मन्दिर, हेटौंडा–५ को पुरानो रत्नकाली प्रावि र वडा नम्बर ८ को सामाजिक सुधार भवनमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

यस्तै आजै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ को शिव पंचायन मन्दिर, वडा नम्बर १० को कार्यालय, वडा नम्बर ११ को नवलपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर १२ को झोलुंगे पुल नजिक, वडा नम्बर १३ को रमनथलीस्थित स्वास्थ्य स्वयमसेविकाको घर, वडा नम्बर १४ को मयुरधाप स्वास्थ्य केन्द्र कालोपानी, वडा नम्बर १५ को पारिजात आधारभूत विद्यालय जाँते र चुरियामाई मावि शिखरपानी, वडा नम्बर १६ को बाबियोडाँडा, वडा नम्बर १७ को गैरीगाउँ, वडा नम्बर १८ को भोर्लेचोक र वडा नम्बर १९ को सानान्टारस्थित रुम्जाकाली ट्रस्टमा खोप लगाइँदैछ । बालबालीकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइदै छ ।

हेटौंडा उपमहानगरपालिकामा बिहिबारदेखि सुरु गरेको दादुरा रुवेला विरुद्धको खोप कार्यक्रम असार ६ गतेसम्म चल्नेछ । ९ महिनादेखि ५ वर्षसम्मका हेटौंडा उपमहानगरक्षेत्रका करिब ११ हजार बालबालिकालाई खोप लगाउन १०६ वटा खोपकेन्द्र कायम गरिएको छ ।