Home मुख्य समाचार बागमती प्रदेश सरकारद्वारा एक वडा एक कृषि उत्पादन कार्यक्रम स्वीकृत

बागमती प्रदेश सरकारद्वारा एक वडा एक कृषि उत्पादन कार्यक्रम स्वीकृत

हेटौँडाः बागमती प्रदेश सरकार मन्त्री परिषद्को बैठक बिहिबार बसेको छ । बैठकले समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८० स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्को बैठकले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका–२०८०, बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति–२०८० र शैक्षिक छात्रवृत्ति निर्देशिका–२०८० स्वीकृत पनि गरेको छ । यस्तै सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । अहिले प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय भाडाको घरबाट सञ्चालन हुँदै आइरहेको छ ।

Exit mobile version