हेटौंडाः हेटौंडा–२ स्थित सिद्धार्थ माविमा शुक्रबार भएको रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन् । विद्यालयले ४८ औ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा ५ जना महिला र ८ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा भएको थियो । आज शनिबार नेपाल रेडक्रस सोसाइटी उपशाखा, हेटौंडा–५ पिप्लेमा रक्तदना कार्यक्रम हुँदैछ । आगामी १३ गते शनिबार शहीद स्मारक र घर व्यवसायी संघद्वारा छुट्टाछुट्टै रक्तदान कार्यक्रम रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।
