Home मुख्य समाचार किशोरीलाई ब्ल्याकमेल गरी यौनशोषण गर्ने युवा अझै फरार

किशोरीलाई ब्ल्याकमेल गरी यौनशोषण गर्ने युवा अझै फरार

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ मा एक युवतीको नग्न तस्वीर खिचेर ब्ल्याकमेल गरी निरन्तर यौनशोषण गर्ने सोही ठाउँका २४ वर्षीय युवा अझै फरार छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले उनको खोजी कार्य भइरहेको बताउनुभयो ।

पीडित किशोरीले गएको बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेकी थिइन् । तर युवा अझै पक्राउ पर्न सकेका छैनन् । युवकले ब्ल्याकमेल गरी यौनशोषण गरेको पीडितको आरोप छ ।

९ कक्षा पढ्दादेखि नै चिनेको युवकले गत बैशाखमा किशोरीको कोठामै गएर नग्न तस्वीर खिचेर ब्ल्याकमेल गर्न सुरु गरेको पीडितले प्रहरीमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । ती युवकले किशोरीको फेसबुक आइडीसमेत लिएर किशोरीको नग्न तस्वीर राखेर यौनकर्मीको रुपमा प्रचारसमेत गरिदिएको पीडितको आरोप छ ।

Exit mobile version